त्रिशूली, नुवाकोट । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएको छ।
‘समृद्धिको लागि संकल्प यात्रा-२०८०’ को क्रममा नुवाकोट आइपुगेका अध्यक्ष ओलीको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र भारत सहित संसारका सबै देशहरुसँग मित्रवत् व्यवहार अपनाउनुपर्ने बताएको होे।
“हामी असंलग्न परराष्ट्र नीति अपनाउछौ। कतैतिर ढल्कदैनौँ। कसैको स्वार्थमा कुद्ने छैनौँ। हाम्रो परराष्ट्र नीति स्पष्ट छ।” उनले भने, “हाम्रा कोही शत्रु छैनन्, सबै मित्र छन्। तर, ती सबै मित्र राष्ट्रबाट मित्रवत व्यबहार पाउनुपर्छ।”
अध्यक्ष ओलीले पोखरा र लुम्बिनी विमानस्थलआफ्नो अग्रसरतामा चिनियाँ सरकारको सहयोगमा तयार गरेको दाबी गर्दै अहिलेको सरकारले सञ्चालनमा ल्याउन नचाहनु चिनियाँ लगानी निरुत्साहित बनाउन खोजेको होकी भन्ने लागेको गुनासो गरे।
पार्टीको केन्द्रीय पदाधिकारी सहित पुष्पलाल (मध्येपहाडी) राजमार्गको स्थलगत भ्रमणमा रहेका अध्यक्ष ओलीले ‘अपेक्षा अनुसार काम नभएको’ भन्दै वर्तमान सरकारले जनअपेक्षा अनुरुप कामगर्न नसक्ने आरोप लगाए।
“काम गरेको केही देखिएन्।" उनले भने, “सरकारको सेवा प्रवाहको अवस्था कमजोर छ भन्ने लागेको थियो। राजमार्गको निर्माणमा भएको ढिलाईले थप पुष्टिभयो।”
पुष्पलाल (मध्येपहाडी) राजमार्गको पश्चिम नेपालको बैतडीस्थित झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्याङ्गसम्मको भ्रमण मार्फत ‘सम्बन्ध स्थानीय : सन्देश राष्ट्रिय’ दिन नेकपा (एमाले) केन्द्रित रहेको छ।
बैतडीस्थित झुलाघाट सुरु भएका यात्राको दशौँ दिन शनिबार नुवाकोट आइपुगेको अध्यक्ष ओली सहितको केन्द्रीय पदाधिकारीले जिल्लाको बट्टार र छहरे बजारमा आयोजित सन्देश सभालाई सम्बोधन, यहाँको सरोकारवालासँग अन्तरक्रिया, भूकम्पले क्षति पुर्याएपश्चात पुनर्निर्माण हुन नसकेको नुवाकोटको सात तले दरबार क्षेत्रको अवलोकन सहित आज अपरान्ह सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको हो।
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० २१:५५