काठमाडौं। नेपालमा मंसिरको अन्तिम हप्ता आइपुग्दा व्यापक चिसो शुरु भैसकेको छ। जाडो यामको प्रलय चिसोले गर्दा बांक्ला कपडा लगाउनु परिसकेको छ।
तर, नेपाल वाहिर प्रवास अष्ट्रेलियामा भने बबाल गर्मी मौसम छ। चर्को घाम तथा असिन पसिन गर्ने गर्मीको कारण अष्ट्रेलियामा समुद्रको चिसो पानीमा रमाउने बाँक्लै छ।
अष्ट्रेलियाको प्रलय गर्मीमा पछिल्लो पुस्ताकी चर्चित नायिका स्वस्तिमा खड्का यतिखेर श्रीमान निश्चल बस्नेतका साथ घुमघाममा व्यस्त रहेकी छन्।
अष्ट्रेलियामा स्वस्तिमा अभिनित तथा निर्मित नेपालमा व्यापक सफल चलचित्र दिमाग खराबको प्रमोसन तथा प्रदर्शनको क्रममा रहेकी छन्। त्यहाँ आयोजित शोमा स्वस्तिमा र निश्चल सहभागि छन्।
यो जोडीले सिड्नीमा घुमघाम र रमाइलो गरिरहेको देख्न सकिन्छ। अष्ट्रेलियाको प्रलय गर्मी छल्न सिड्नीको समुन्द्री तटमा स्वस्तिमा रमाइरहेकी छन्।
इन्स्टाग्रामबाट उनले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्वीर पोस्ट गरेकी छन्। जहाँ उनलाई बिकिनी अवतारमा देख्न सकिन्छ । बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा उनी हट देखिएकी छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० २०:०९