भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१९ स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ।
विद्यालयको करिब ३ बिघा जमिनमा तोरी खेती गरिएको हो ।
अहिले विद्यालय वरपरको क्षेत्रमा तोरी फुलेर ढकमक्क छ। विद्यायलको जग्गा संरक्षणसंगै विद्यार्थीलाई सिकाइ उपलब्धिका लागि तोरी खेती गरिएको विद्यालयका प्रधानाध्यापक एन्डिला रिजालले बताए।
प्रधानाध्यापक रिजालले विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी मिलेर तोरी खेती गरिएको जानकारी दिए।विद्यार्थीलाई माटो चिनाउन र उनीहरुले पढेका कुरालाई व्यवहारिक रुपमा जोड्न विद्यालयले गरेको खेती उपयोगी हुने उनले बताए।
कक्षा कोठामा सिकेका सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइ मार्फत दिगो बनाउन सकिने जनाउँदै उनले यसले विद्यालयको शैक्षिक गुणस्तरलाई समेत बढाउने विश्वास व्यक्त गरे।
विद्यालयका शिक्षक ठाकुर ढकालले आगामी ५ वर्षमा विद्यालयको सबै जामिनलाई उपयोग गर्ने योजना बनाइएको बताउँदै उनले सिचाइँको समेत तयारी गरिएको जनाउँदै जमिनमा तारबारका लागि स्थानीय सरकारसँग अनुरोध गरिएको जानकारी दिए।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १५:२५