काठमाडौं । कोभिड-१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरू उपलब्धतामा सहजता मिल्न सकोस् भन्ने अभियान नै सञ्चालन गर्दै आइरहेको छ।
सोही अभियान अन्तर्गत नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै चन्द्रागिरी नगरपालिका-७ हाईभिजन कोलोनिस्थित तरूण दलद्वारा एक आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा आयोजित उक्त बिशेष रक्तदान कार्यक्रममा ९ जना महिला समेत गरि जम्मा १०२ जनाले स्वयंसेवी तवरले रक्तदान गरेको थियो।
आकस्मिक आयोजित सो बिशेष रक्तदान कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई खादा ओढाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो ।
कार्यक्रममा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले मायाको चिनो प्रदान गरेको थियो ।
साथै सोहि स्थानमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज, चन्द्रागिरी नगरसमिति गठन समेत भएको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाज न्यूरोड एकाई समितिका अध्यक्ष केदार न्यौपाने अतिथि रहेको उक्त भेलाले सरोजकुमार थापाको अध्यक्षताका नेपाल स्वयंसेवी रक्तदाता समाज, चान्द्रगिरी नगरसमितिको गठन पनि गरिएको थियो।
नौ जनाको कार्यसमितिमा क्रमशः किरण पोखरेल उपाध्यक्ष, सुजना श्रेष्ठ सचिब, राजु गिरी कोषाध्यक्ष र सदस्यहरूमा : प्रमिला श्रेष्ठ, सुजित बानिया, बिजय श्रेष्ठ, पुरूषोत्तम रिजाल र ताराबहाुर केसी रहेको छ। संस्थालाई सहि मार्ग निर्देशनको लागि ईश्वर लामा र जयराम प्रसाद लुँईटेल सल्लाहकारमा रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८ २२:३९