काठमाडौं, १३ पुस । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएकाे गाेली मोबाइल फोनमा लागेर एक युवाकाे ज्यान जोगिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रहरीको कुटाईबाट एक जना विद्यार्थीको ज्यान गएको छ, भने एक जना गम्भीर घाइते भएका थिए । उनकाे पनि मृत्यु भएकाे छ । एक जना विद्यार्थीलाई लागेको गोली भने झोलामा रहेको मोबाइलले छेकेकाे छ ।
झोलामा गोली लागेपछि मोबाइल काम नलाग्ने गरी फुटेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० २१:४४