काठमाडौं । चिकँमू त्वा:, काठमाडौं महानगरपालिका-२० स्थित हलेसि महाद्य: रञ्जित चुक:मा 'सन्तानको माया' अनलाईन फोटो प्रतियोगिताका बिजयी सहभागीहरूलाई एक समारोहकाबीच पुरस्कार बितरण कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ।
महजोडीकोे प्रमुख आतिथ्यतामा आयोजित उक्त पुरस्कार बितरण कार्यक्रममा महको म यानेकि मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा प्रतिकुल असर परेको हुनाले महको ह यानेकि हरिबंश आचार्यकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे हाे।
समारोहमा स्थानीय समाजसेवी एवं जेष्ठनागरिक केदारमान रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हरिवंश आचार्यले दोसल्ला ओढाई अभिनन्दन-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रम समारोहमा स्वास्थ्य सेवा बिभाग, नेपाल रेडक्रस सोसाइटीका निर्देशक, डा. मनिता राजकर्णिकार बिशेष अतिथि र महानगरीय प्रहरी बृत्तका प्रमुख प्रहरी उपरीक्षक डिलबहादुर मल्ल अतिथि रहेको थियो ।
पुरस्कार बितरण कार्यक्रम समारोहमा प्रथम हुने प्रतियोगी आमा रूपा पोखरेल छोरी कृष्टी पौडेललाई फूलको माला पहराई ट्रफी, मेडल र नगद सहित प्रदान गरि बधाई तथा शुभकामना ब्यक्त गरिएको थियो भने द्वितीय र तृतीय हुनेहरू क्रमशः नीरू महर्जन छोरी अञ्जु डंगोल र सपना शिलाकार छोरा सौगात शिलाकार रहेका छन् ।
कार्यक्रमलाई सफल पार्न मुख्य भूमिका खेल्ने सहयोगी दाताहरू क्रमशः दशबहादुर महर्जन, बिजयकुमार महर्जन, थसि ललितपुर, अजय सिंह सुवाल, रविभवन, जयहरि श्रेष्ठ, काठमाडौं, जीबस महतो, महोम्मद रेहसुल, शिव गौतम र बिनय मानन्धरलाई मायाको चिनो प्रदान गरिएको थियो ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट तस्बिरहरू तीनजनालाई नगद र प्रमाण-पत्र बितरण गरिएको थियोे। 'सन्तानको माया' अनलाईन फोटो प्रतियोगिताको श्रृजनाकार कृतिशा रञ्जितलाई पनि धन्यवाद तथा शुभकमना-पत्र प्रदान गरिएको थियो।
पुरस्कार बितरण कार्यक्रमको सञ्चालन राजेश मानन्धरले गरेको थियो भने कार्यक्रमका सभापति राम रञ्जितले अभिनन्दितहरूका साथै प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिलाई मायाको चिनो स्वरूप चिभा:द्य: (बौध्द-चैत्य) प्रदान गरेकिो थियो।
प्रकाशित मिति: शनिबार, असार १२, २०७८ २३:३९