काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाल, पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई दिएको छ।
पार्टीको बसेको बैठकले उम्मेदवार छनोट गर्न तीन नेतालाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएको हो।
निर्वाचनका लागि पार्टीले कुन प्रदेशमा कति सिट सङ्ख्या प्राप्त गर्ने सम्भावनाका विषयमा गठबन्धनको बैठकमा छलफल गर्ने जिम्मेवारी बैठकले नेतात्रयलाई दिएको छ।
नेकपा (एमाले)ले सत्ता गठबन्धनसँग सो निर्वाचनमा सिट मागेको विषयमा पनि छलफल गरिएको बैठकले प्रतिपक्षलाई सिट दिन नहुने निष्कर्ष निकालेको छ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यही पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० २०:०२