काठमाडाै । नायिका स्वस्तिमा खड्काले फिल्म ‘बेहुली फ्रम मेघौली’ निर्माण गर्ने भएकी छिन्।
अभिनेत्री स्वस्तिमा खड्का आफै फिल्मको मुख्य भूमिकामा पनि देखिनेछिन। फिल्म ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्मस्को संयुक्त निर्माणमा फिल्म बन्न लागेको हो।
ब्ल्याक हर्स पिक्चर अभिनेत्री स्वस्तिमा खड्काको पतिको कम्पनी हो।
लेखकको रुपमा स्थापित आकाश बराल र सजन काफ्लेले मिलेर निर्देशन गर्ने फिल्मको छायांकन आगामी चैतबाट सुरु हुनेछ। यतिबेला निर्देशक र कलाकारसहितको टिम लोकेशन हन्टिङका लागि चितवनको मेघौलीमा छ।
फिल्ममा निश्चल बस्नेतको समेत अभिनय रहनेछ। फिल्म निर्देशकद्वय बराल र काफ्लेले लेखेका हुन्। दुवैले यहि फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्।
फिल्मको अन्य कलाकार अहिले सार्वजनिक गरिएको छैन।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० २१:०६