काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा राष्ट्रिय सुरक्षाको सरोकार रहने बताएको छ।
नेपालको हिमाली पर्यावरण र पर्वतारोहणमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयको वेबिनारको उद्घाटन गर्दै प्रधानसेनापति थापाले वातावरणीय संरक्षणको महत्व केवल मुलुकविशेषको नभई समग्र विश्वकै चासो र चिन्ताको विषय भएको जनाएको हो ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयद्वारा आयोजित दुई दिवसीय कार्यक्रममा राष्ट्रिय निकुञ्ज र सीमा सुरक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक सर्भिलेन्स उपकरणको प्रयोग जस्ता विषयमा छलफल भएको छ ।
परिषद् सचिवालय संयोजक एवं रक्षा सचिव रेश्मिराज पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कंँडेललगायतले नेपालको पर्यटन, हिमाली क्षेत्रको महत्व र सुरक्षाका विविध पक्षमा केन्द्रित रही धारणा राखेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८ ०७:२९