– प्रज्वल घिमिरे
(कवि तथा साहित्यकार)
रोईरहेका निर्दोष आँखाहरुका आँशु
अरुको पीँडामा रमाउँनेहरुले देख्दैनन्
आफ्नो खुशीलाई स्थायी सम्झेर
मानाै उनीहरुको आँशु कहिल्यै झर्दै झर्दैन जस्तो
सधैं उज्यालो हुदैन रात पनि पर्छ भनेर
नबुझ्ने मान्छे कस्तो ?
बर्षामा हिड्ने मान्छेलाई ओत लाग्न नदिनेहरु
के हिँउदमा मात्र तिम्रो यात्रा होला ?
नविर्स जीबनमा तर्नु पर्छ तिमीले पनि धेरै खोला
सम्म फाँटहरुमा हिँड्न रुचाउँनेहरु
संसारमा लेक बेँशी नभए झैं गर्छन्
पुरै जीन्दगी विताएर अन्तिममा जगतलाई बुझि मर्छन् ।
प्रकाशित मिति: सोमबार, असार १४, २०७८ २०:०२