काठमाडौं। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार सिमराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंबर ६ स्थित मुसहर बस्ती पुगेका छन्। करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्य लिएर बस्ती पुगेका हुन्।
प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो। पूर्वराजपरिवार भित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा पुगेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, छोरी प्रेरणालगायत सहभागी थिए। बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्वराजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए। बस्तीमा एक घण्टा बिताएका उनीहरूले त्यहाँ चियासमेत पिएका थिए।
प्रकाशित मिति: शनिबार, माघ ६, २०८० १८:५७