काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक १ दशमलव ४७ प्रतिशतले घटेर २ हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो।
आज ३ सय ७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता शेयर १ लाख ५० हजार ५ सय ४३ पटक खरिद बिक्री हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
व्यापार समूहको उपसूचक आज ० दशमलव ३५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जलविद्युत समूह २ दशमलव २४ प्रतिशतले घटेको छ।
अपर स्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडको शेयर मूल्य ८ दशमलव ३३ प्रतिशत रहेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ७८ करोड ६३ लाख ८३ हजार ४ सय ९२ बराबरको ११ लाख ९७ हजार ३ सय ५५ कित्ता शेयर कारोबार भएको छ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १९:५२