काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ० दशमलव ४० अङ्कले घटेर २ हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो। यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो।
आज ३ सय १० कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर १ लाख १७ हजार ५ सय ७७ पटक खरिदबिक्री हुँदा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७ सय ५१ बराबरको कारोबार भएको छ।
विकास बैंक समूहको उपसूचक ० दशमलव ०७, वित्त समूह ० दशमलव २८, होटल तथा पर्यटन समूह ४ दशमलव ७४, लगानी समूह ० दशमलव ३६, निर्जीवन बीमा समूह ० दशमलव ७३ र अन्य समूह ० दशमलव ५६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ समूह ० दशमलव ४२, जलविद्युत् ० दशमलव ५८, जीवन बीमा समूह ० दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह ० दशमलव २३, लघुवित्त समूह ० दशमलव १३, म्युचुअल फन्ड ० दशमलव २१ र व्यापार समूह ० दशमलव ८६ प्रतिशतले घटेको छ।
चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ६ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको ५५ करोड ९ लाख ८० हजार ७ सय ८५ बराबरको ८ लाख ४१ हजार २२ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० २०:५५