-पिपला ढुंगाना
हिँडेको हुँ मुटु भरि देश बोकेर
गोजीमा एक पन्ना परदेश बोकेर
भारी भयो भनेन शिरले कहिल्यै
जिन्दगीभर थाप्लोमा केश बोकेर
सँधै पला घडि मिल्दैन जिन्दगीमा
बाँच्नुपर्छ एकाध मिठा निमेष बोकेर
म बागचाल खेल्न नजानेर हैरान छु
साथि आउँछ मुस्कुराउँदै चेस बोकेर
हाँस्नुपर्छ गल्न थाल्यो भने हिम्मत
नभा एउटा जमात आउँछ हरेश बोकेर।।
प्रकाशित मिति: मंगलबार, असार १५, २०७८ ११:५४