काठमाडौं। काठमाडौंको उत्तरी भेग बूढानिलकण्ठ नगरपालिका वडा नंबर ७ भेटघाट टोलस्थित प्रतिष्ठित ज्ञान चक्षु ईङ्लिस स्कुलको आयोजनामा प्रथम तेक्वान्डो च्याम्पियनसीप २०८० को आयोजना गरेको छ।
काठमाडौं जिल्लाव्यापी प्रथम ज्ञान चक्षु तेक्वान्डो च्याम्पियनसीप २०८० को आयोजना ज्ञान चक्षु ईङ्लिस स्कुल गरेको होे।
काठमाडौं जिल्लाका १५ स्कुलका २ सय ५६ विद्यार्थीहरुको सहभागिता रहेको रोमाञ्चकारी प्रतिस्पर्धात्मक तेक्वान्डो च्याम्पियन प्रतियोगिता भएको थियो। जसमा आयोजक ज्ञान चक्षु ईङ्लिस स्कुल तृतिय बने। त्यस्तै, प्रथम र व्दितीय भने क्रमशः लिटल बर्ड र नागार्जुन भ्याली भयो।
आयोजक ज्ञान चक्षु ईङ्लिस स्कुलका फाउण्डर चेअरमेन रमेश श्रेष्ठको सभापतित्वमा भएको ज्ञान चक्षु काठमाडौं जिल्लाव्यापी प्रथम तेक्वान्डो च्याम्पियनसीप २०८० को उद्घाटन अर्थमन्त्री डा.प्रकाशशरण महतवाट भएको थियो।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, टोखा नगरपालिकाका वडा अध्यक्ष बरनारायण महर्जन, वडा सदस्य सावित्री ढकाल, झप्पड कार्की, नेकपा एमाले टोखा नगर समन्वय अध्यक्ष नारायणभाइ श्रेष्ठ, काठमाडौै तेक्वान्डो एशोसियसनका अध्यक्ष विक्रम खड्गी लगायतको विशेष आतिथ्यता रहेको थियो।
प्रकाशित मिति: बुधबार, माघ २४, २०८० २१:२८