काठमाडौं। नेकपा एमालेले शनिवार देशभर स्थानीय स्तरमा वडा-वडामा वडा अधिवेशन गर्ने कार्य संपन्न गरेको छ।
यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर १८ मा नेकपा एमालेको वडा अधिवेशन पनि संपन्न भएको हो।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा भएको उक्त नेकपा एमाले वडा नं १८ को १६ औं वडा अधिबेशनबाट न्हूछेँकाजी महर्जनको नेतृत्वमा १३ सदस्यीय कार्यकारिणी समिति गठन भएको छ।
जसमा सचिब अनुप श्रेष्ठ, उप सचिबद्वयमा अर्फ्यूज डंगोल र रजनी राजभण्डारी तथा सदस्यहरुमा पुष्पेन्द्र शाक्य, सोभियत रत्न तुलाधर, दशनारायण महर्जन, हरिकृष्ण तण्डुकार, प्रेमकुमारी महर्जन, सानुमैंया महर्जन, जेनु श्रेष्ठ, मधुमैंया प्रधान, अम्बिका सुनार निर्बिरोध निर्वाचित बनेका छन्।
अधिबेशनमा नेकपा एमाले काठमाडौं महानगर कमिटीका उपाध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नंबर १८ का लोकप्रिय तथा जनप्रिय वडा सरकार प्रमुख यानी वडा अध्यक्ष न्हुछेकाजी महर्जनको विशेष आतिथ्यता रहेको थियो।
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० २०:५१