काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर २ हजार ८५ दशमलव ८२ मा सीमित भएको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क ३ दशमलव ८९ अङ्कले ओरालो लागेर ३ सय ७४ दशमलव ७५ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ।
विभिन्न कम्पनीका १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता शेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ मूल्यमा खरिद बिक्री भएका छन्।
कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार ३ सय ६८ बराबरको कारोबार भयो।
एनआरएन इन्स्फास्ट्रचर १२ करोड ४ लाख ३४ हजार ४ सय ३७, हिमालयन डिस्टिलरी ९ करोड २३ लाख २६ हजार ३ सय ८८, एनआइसी एशिया बैंक ८ करोड ४२ लाख ४ हजार ३ सय ३२ र हाथवे इन्भेस्टमेन्ट ८ करोड ३० लाख ७७ हजार ७ सय ३ मूल्यमा कारोबार भई शीषर्ए पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्रिशुली जलविद्युत् कम्पनी ६ दशमलव ४१,दोर्दी खोला जल विद्युत् कम्पनी ५ दशमलव ०८ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव ९० प्रतिशतले कमाएका छन्।
यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०,युनिलिभर नेपाल ७ दशमलव १४,गुराँस लघुवित्त ७ दशमलव १३,गणपति लघुवित्त ४ दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले ४ दशमलव ४७ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: आइतबार, माघ २८, २०८० २१:१७