काठमाडौ । विश्व चित्रकला प्रदर्शनीमा नेपालबाट २ ओटा चित्र उत्कृष्ट छनौटमा परेको छ।
छनाैटमा परेका उक्त चित्र रिजेन्ट रेजिडेन्सियल स्कूल नेपालका आसिर्या देशार र हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कूलका राजन ठाकुरले बनाएकाे चित्र उत्कृष्टमा परेको हाे ।
कलर फर पिसका लागि नेपालका राजदुत तथा योङ पिकासोका प्रबन्ध निर्देशक अजय देशारका अनुसार नेपालबाट ५ ओटा चित्र पठाइएको मध्ये २ ओटा चित्र उत्कृष्ट छनौटमा परेको हो ।
कलर फोर पिस, इक्वेडोरको आयोजनामा हुन लागेको सो प्रदर्सनी जुलाई २ मा इक्वेडोर सन्ता एलेनामा हुदैछ।
पिस व्हेल शिर्षकमा हुँदै गरेको सो प्रदर्शनीमा विश्वभरिका १२० देशका चित्रकलाहरु समावेस हुने आयोजक सस्थाका एड्गर एराजोले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८ १४:५७