काठमाडौ । नासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो किर्तिमान भंग गरेका छन्।
नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन्। नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६.३९ सेकेन्ड समयको नयाँ किर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन्।
नासिरले हिजो आईतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५.६५ सेकेन्डको नयाँ किर्तिमान कायम गरेका थिए।
यस्तै आजै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गर्दै नयाँ १ मिनट ५.४७ सेकेन्डको किर्तिमान कायम गरेकी हुन्।
गौरिकाले जापानको फुकुवाकामा भएको बिश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ किर्तिमान कायम गरेकी हुन्।
प्रकाशित मिति: सोमबार, माघ २९, २०८० १६:१०