डौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक ५ दशमलव ९१ अङ्कले बढेर २ हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो।
आज शेयर बजारमा ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८ सय ९५ बराबरको कारोबार भएको छ। तीन सय दुई कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार ६ सय ७५ पटक खरिदबिक्री भएको हो।
बैंकिङ समूहको उपसूचक ० दशमलव १८, होटल तथा पर्यटन समूहको उपसूचक ० दशमलव १४, जलविद्युत् समूह ० दशमलव १३, लगानी समूह ० दशमलव २१, जीवन बीमा समूह ० दशमलव २७ र लगानी समूह ० दशमलव ३७ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै वित्त समूह ६ दशमलव ५६ प्रतिशतले र विकास बैंक समूह २ दशमलव ३८ प्रतिशतले बढेको छ।
त्यस्तै, उत्पादन तथा प्रशोधन ० दशमलव १०, लघुवित्त ० दशमलव ३४, म्युचुअल फन्ड ० दशमलव ३४, निर्जीवन बीमा समूह ० दशमलव ४० र अन्य समूहको उपसूचक १ दशमलव ०७ प्रतिशतले बढेको छ।
तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल ९बालाजु० लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो भने सबैभन्दा धेरै गुमाउनेमा भने पिपुल्स पावर लिमिटेडको शेयर मूल्य ५ दशमलव ८१ प्रतिशतले घटेको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १७ करोड १७ लाख ६४ हजार ८ सय ८० बराबरको शेयर कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्राइम कमर्सियल बैंक प्रमोटर शेयर ८ लाख ८ हजार ५ सय २० बराबरको कारोबार भएको छ।
प्रकाशित मिति: बुधबार, फागुन २, २०८० १६:२४