काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू-भागको केही स्थानमा तथा मुलुकका बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
आज काठमाडौँको अधिकतम तापक्रम २१ दशमलव ५ र न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री सेल्सियस रहने छ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० ०८:३२