गाईघाट, उदयपुर । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका ८ पालिकाका २९ हजार १ सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ।
जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जिल्लाका ८ पालिकामा दुई चरणमा खोप कार्यक्रम सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको हो।
पहिलो चरणमा फागुन १३ गतेदेखि १८ गतेसम्म जिल्लाको त्रियुगा नगरपालिका,बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र रौतामाई तथा लिम्चुङबुङ गाउँपालिकासहित ५ पालिकामा खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
दोस्रो चरणमा फागुन २२ गतेदेखि २६ गतेसम्म जिल्लाको २ पालिा कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा खोप अभियान सम्पन्न हुने तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ।
खोप सञ्चालन गर्न जिल्लाका आठ पालिकामा ४ सय ६४ खोप केन्द्र स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका खोप सुपरभाइजर चिरञ्जीवी निरौलाले बताए।
खोप कार्यक्रम सञ्चालन गर्न ४ सय ६४ जना स्वास्थ्यकर्मी र ९ सय २८ स्वयंसेवक परिचालन गरिनेछ।
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८० १३:३१