बोलेर कसैलाई दुखाई दिनु पर्दा छाती
भेटिएर छुट्नु भन्दा बरु नभेटेकै जाती।
लिएर मनोकांक्षाको नैवेध मन्दिरहरुमा
कति चढाउनु पत्थर दिललाई फूलपाती।
परिस्थितिको दास बन्दै अन्धमुस्ठ रातमा
आशाका दियोमा हरदिन सल्काउदै बाती।
कठ्याग्रीन्छ शरीर चिसा शितले गन्दै तारा
कट्छ समय सधैं बेचैनीले कोल्टे फेर्दै राती।
शुभै शुभ होस् शुभकामना अनगिन्ती प्रीय
अतित हिजै त्यो शहरमा राखेको हो थाती।
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० ०८:४३