सिरियाली सेनाले हामा र इडलिब प्रान्तमा ७ वटा हतियारयुक्त ड्रोनहरू नष्ट गरेको रक्षा मन्त्रालयले जनाएको छ।
आतङ्ककारीहरूद्वारा सञ्चालित ड्रोनहरू इडलिब र हामा दुवैका सैन्य स्थानहरूका साथै अन्य गाउँ र शहरहरू नष्ट गर्न पठाइएको बताइएको छ।
उत्तरी सिरियाका विद्रोहीहरूले, विशेष गरी इडलिबको उत्तरपश्चिमी गभर्नोरेटमा हालै सरकारी नियन्त्रित क्षेत्रहरूमा ड्रोन आक्रमणलाई तीव्र पारेका छन्।
यस किसिमको सबैभन्दा घातक घटना सन् २०२३ अक्टोबरमा भएको थियो।
उक्त ड्रोन आक्रमणले होम्सको गभर्नरेटमा रहेको सैन्य एकेडेमीमा स्नातक कार्यक्रमको भइरहेका बेला आक्तमण गर्दा ८० जनाभन्दा बढी सैन्य कर्मचारी र सर्वसाधारणको मृत्यु भएको थियो।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ०९:३३