काठमाडौँ । राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ।
आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् ४ दशमलव ० चार प्रतिशतले बढेर २ हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ।
कारोबार सुरु भएको १ घण्टाभित्र ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ। कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ११:५२