काठमाडौं । सन् २०१८ मा बेलायतको राजधानी लण्डनमा आयोजित मिसेस् नेपाल युकेमा फस्ट रनरअप बनेकी बन्दना केसीको नेपालमा सामाजिक सक्रियतामा अत्यन्त बृद्धि भएको छ। मानव सेवाका हर कार्यमा हरदम क्रियाशील बन्दैआएकी मिसेस् नेपाल युके हुनुको गौरबतामा थप टेवा दिदै सामाजिक क्रियाकलापमा सक्दो व्यस्तता बन्दना केसीको देखिएको हो।
नेपालमा दोश्रो चरणको कोरोना महामारीको कारण जारी भएको लकडाउन अगाडि नै नेपाल आएकी बन्दना केसी पूरै लकडाउन अवधिमा सामाजिक सेवामा नै व्यस्त बनेकी छन्। इनास युकेले विरामी चलचित्र पत्रकार रमेश ग्रहण तथा अग्रज ड्रेसमेन एवम् चलचित्रकर्मी जुंगे भट्टराईको सहयोगार्थ लण्डनमा संकलन गरेको सहयोग रकम लिएर नेपाल आएकी बन्दना केसी उक्त सहयोग रकम इनासका सहयोगी हातहरु मनिषा डंगोल श्रेष्ठ लगायतका साथमा ग्रहण र भट्टराईको निवासमा नै पुगेर बाँड्न सफल भएकी थिइन्।
काठमाडौंको बागबजारमा जन्मी–हुर्केकी बन्दना केसीको सानैदेखिको सोच नै असहायको सहाय बन्नु हो। समाजमा कोही पनि दुःखी तथा पीडित नहोस् भन्ने सानैदेखिको त्यो सोचका कारण दुःखी तथा पीडितहरुका लागि सक्दो सहयोग गर्ने कार्य बन्दना केसीवाट भएको छ।
यसै क्रममा आफ्नै सोतेला पितावाट बलात्कृत पूजा गिरीको उपचार खर्च जुटाउन निक्कै नै पहल गरेकी छन्। सौतेला पिता भोला यादवले सोतेली छोरी पूजा गिरीलाई बलात्कार गर्ने प्रयास हुंदा असफल भएपछि त्यो छोरीलाई ढुंगाले रगताम्ये हुनेगरी किचेर मार्ने जगन्य कार्य भएको थियो । म¥यो भनेर फालेकी पूजा गिरीलाई उनैको आमा हिरामाया गिरीले भेटाएपछि रगताम्ये अवस्थामा अस्पतालमा उपचार गरिरहेको थाहा पाएपछि रातारात सहयोग उपलव्ध गराएर नयाँ जीवन दिने कार्यमा बन्दना केसीको ठूलै सहयोग रहेको छ ।
जुन कार्यको पूजा गिरीकी आमा हिरामाया गिरीले दिल खोलेर बन्दना केसीको तारिफ गरेकी छन्। बन्दना केसी लगायतका सहयोगी मनहरुको कारण मरिसकेकी छोरी बाँच्न सफल भएको भनेकी छन् ।
सोतेला पिताको जगन्य अपराधको कारण विक्षिप्त बनेकी पूजा गिरी हाल उपचार पश्चात रिकभर हुंदैगएकी छन् । अझैपनि पूर्ण रुपमा रिकभर हुन करिब पाँच लाख आवश्यक भएको कारण त्यो जुटाउनका लागि विश्वमा रहेका सवै नेपालीलाई हारगुहार गर्ने कार्य पनि बन्दना केसीवाटै भएको छ । यस्ता मानव सेवामा लाग्न सवैलाई बन्दना केसीले बन्दना नै गरेकी छन्।
बेलायतमा नेपाली विजनेश वुमनका रुपमा समेत ख्याति कमाएकी बन्दना केसी खत्री ह्याण्डिक्राफ्ट्सको म्यानेजिङ डाइरेक्टर हुन्। नेपाली हस्तकलालाई बेलायतमा प्रवद्र्धन गर्ने कार्यमा बन्दना केसीको अतुलनीय भूमिका रहेको छ।
त्यस्तै, एनआरुएनए युकेको कार्य समितिको निर्वाचनमा हाइगेस्ट पपुलर भोट पाउन सफल बन्दना केसी बेलायतको क्षेत्री समाजको एक्जुकेटिभ मेमबर हुन् । सयपत्री कल्चर युकेकी एक्जुकेटिभ मेमबर समेत रहेकी बन्दना केसी ग्रेटर रिडिङ नेपलिज कम्युनिटी एशोसियसन तथा इनास युकेकी एक्जुकेटिभ मेमबर हुन् ।
-नामी साप्ताहिकबाट
प्रकाशित मिति: शनिबार, असार १९, २०७८ १७:२२