काठमाडौं। थारुभाषा चलचित्रका महानायक परशुराम चौधरी अभिनित थारुभाषामा बिलकुलै नयाँ होली गीत सार्वजनिक भएको छ।
२०८० सालको होली पर्वको अवसरमा थारुभाषा चलचित्रका महानायक परशुराम चौधरी अभिनित थारुभाषामा बिलकुलै नयाँ होली गीत ऐैले फागुवाका दिन सार्वजनिक भएको हो।
जसमा महानायक चौधरीका साथमा रेणु चौधरी, पूनम चौधरी, पाण्डव चौधरी लगायतका थारुभाषाका एक से एक कलाकारहरुको बेजोड अभिनय छ।
दशरथ प्रसाद चौधरी तथा चण्डन बाँस्कोटाको स्वर अनि, दशरथ प्रसाद चौधरीकै शव्द र संगीत रहेको उक्त थारुभाषाको होली गीतको निर्देशन महानायक परशुराम चौधरीले नै निर्देशन गरेका हुन्।
प्रकाशित मिति: आइतबार, चैत ११, २०८० १७:३५