ललितपुर । गोदावरी साहित्य समाजको छैठौं वार्षिक साधारण सभा तथा विभिन्न स्रष्टाहरुबाट रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।
ललितपुरको गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्र, गोदावरी-७ बडीखेलमा आयोजित उक्त रचनावाचन कार्यक्रम गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको प्रमुख अतिथ्यता एवम् गोदावरी साहित्य परिषदका अध्यक्ष बशिष्ठ कुमार अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
त्यस्तैगरी कार्यक्रमका अतिथिहरुमा कोञ्ज्योमसोम प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेल, वालअधिकार विज्ञ नवीन चन्द्र घिमिरे, गोदावरी वडा नं. ४ का वडा अध्यक्ष सानुभाइ नगरकोटी र महालक्ष्मी साहित्य सदनका अध्यक्ष राम पौडेल उदासीको उपस्थिति रहेको थियो।

आयोजित रचनावाचन कार्यक्रम समारोहमा मुना अधिकारी, बशिष्ठ कुमार अधिकारी, नवराज सञ्जेल, अर्पणा केसी, अमिरा सञ्जेल, जुमन किरण, अष्लेषा शर्मा, रुविना राना, धर्मेन्द्रप्रसाद चौधरी, विष्णु थापा, राजु नेपाल, उषा केसी, रामकुमार श्रेष्ठ, नवीन चन्द्र घिमिरे, श्रीराम पौडेल उदासी, सुष्मा आचार्य, एलिसा ढुंगाना र गोपाल सञ्जेलले कविता तथा गजल वाचन गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० २०:४५