काठमाडौ । महालक्ष्मी विकास बैंकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।
बैंककोे सञ्चालक समितिको ४९०औं बैठकले अम्बिका श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
नव नियुक्त श्रेष्ठले बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको छ । उनले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेको थियो भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव समेत बटुलिसकेका छन् ।
व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ नेपाल फाइनान्स इन्स्टीट्यूशन एशाेशियसन र डेभेलपमैन्ट बैंकर्स एशाेसियशनमा लामो समयसम्म आवद्द रहेका थिए।
त्यस्तैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा वित्तीय परामर्शदाताको रुपमा समेत नव नियुक्त श्रेष्ठले सफलतापूर्वक कार्य पूरा गरिसकेका छन् ।
प्रकाशित मिति: आइतबार, असार २०, २०७८ १५:१५