सम्बन्धमा दुरी र निकटका रेखाहरु
आपसे आफ गाढा भएर कोरिन्छ्न्
फेरि धमिलिँदै जान्छन्
आभास बोध हुँदा
मात्रै यादहरु हुन्छन्
साच्चै अजम्बरी त यी नै यादहरु त रैछ्न्
न यी कहिले रिसाउँछ्न्
न खुसाउंँछ्न्
न कहिले वर आउँछन्
न कहिले पर जान्छन्
यी यादहरु
सदैव मन र मस्तिष्कका लुकामारी खेल्छन्।
गन्तव्य बिहिन
यात्रा त हो जाँदाजाँदै
वा बिचमै दुर्घटना हुन्छ
आखिर पुग्नु नै कहाँ छ र ?
बुझ्दैछु बिस्तारै सम्बन्धका रेखाहरुलाई
एकाएक धमिलिनु
फेरि गाढा हुनु
कहिले रंग नै नहुनु
आशा भरोसा चुडिनु
नुन चुक छर्किनु रहेछ
दुख्नु होइन
चक्नाचुर हुनु रैछ।
कृपया !!
न धाउनु मैले हिड्ने गोरेटोहरुमा
न आउनु मेरा संघर्षहरुमा
मिसिन चाहान्न
धमिलिन चाहान्न
रंगिन हुनु छैन
जे छु जस्तो छु
ठिक छु।
तिमी आउँदा
केवल प्यासी भएर आउँछौ
बेचैनी भएर आउँछौ
रोग लिएर आउँछौ
तहस नहस गर्न मन मस्तिष्कलाई
गहिरा घाउ लगाउन
प्रेमिल स्पर्षको
चिसोले मलाई नछोउ
कहिँ कतै ठाउँ छैन
मलाई टुट्नु छैन।
मेरा रहर ईच्छा सपनाहरु छ्न्
अधुरा छ्न्
अपुरा छ्न्
बाँकी छन् काम कर्तव्य
प्रेमले जिवित हुन दिदैन रैछ
मलाई बेर बेर मर्नु छैन
बिन्ती छ न आउ तिमी।
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० ०८:२५