काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
नेप्से परिसूचकमा आज १६ दशमलव ८२ अङ्कले घटेर २ हजार ६ दशमलव ५२ को बिन्दुमा कायम भएको हो।
आज ३ सय १४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर ५० हजार ५ सय २४ पटक खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ बराबरको कारोबार भएको छ।
सबै समूहको उपसूचक घटेका छन्। सबैभन्दा धेरै वित्त समूह १ दशमलव ६४, उत्पादन तथा प्रशोधन १ दशमलव ५९ र होटल तथा पर्यटन समूह १ दशमलव १५ प्रतिशतले घटेको छ।
माछापुच्छ्रे डिभेञ्चर २०८७ को शेयर मूल्य ७ दशमलव ०९ र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७ दशमलव ०५ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ बराबरको ५ लाख २७ हजार ९ सय २६ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ १८:३४