काठमाडौ । गृहमन्त्रालयले चीनसँगको सीमा नाका ताप्लेजुङ्को ओलाङ्चुङ्गोला र भारतसँगको सीमा नाका दार्चुलाको दत्तुमा सीमा निगरानी चौकी ९विओपी० स्थापनाका लागि स्वीकृति प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालले मुलुकका विभिन्न क्षेत्रमा विओपी स्थापना गर्नुपर्ने भन्दै गृहमन्त्रालयमा पेश गरेको प्रस्ताव अनुसार २ ठाउँका लागि मन्त्रालयले स्वीकृति दिएको हो ।
विओपी राख्नका लागि स्थानीयतहसँग छलफल भइरहेको छ । जग्गा प्राप्त हुने वित्तिकै चौकी स्थापना गरिने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायव महानिरीक्षक राजु अर्यालले जानकारी दिए ।
अन्य क्षेत्रमा पनि क्रमशः चौकी स्थापना गर्ने योजना सरकार योजना रहेको छ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको सीमा क्षेत्रमा ५०० चौकी स्थापना गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।
उक्त योजना अनुसार चरणबद्ध रुपमा चौकी स्थापना गर्दै लगिने छ । हाल चीन र भारतको सीमा क्षेत्रमा १५७ स्थानमा चौकी स्थापना भइसकेको छ।
चीनतर्फ ५ वटा छ। पछिल्लो एक वर्षमा मात्रै ५० स्थानमा चौकी स्थापना गरिएको अर्यालले जानकारी दिए। मन्त्रालयका अनुसार ५०० मध्ये पहिलो चरणमा २२१ स्थानमा स्थापना गर्ने लक्ष्य राखिएको छ ।
चालु आर्थिक वर्षभित्रमा सक्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ । हरेक चौकीमा ३५ जना सशस्त्र प्रहरी रहन्छन्।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७ १९:१५