फिक्कल, इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले ७ हजार ६ सय ७७ मत प्राप्त गरेको छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेको छ । यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले १ हजार १ सय ६२ मत प्राप्त गरेको छ ।
हालसम्म १९ हजार १ सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा २ सय ३३ मत बदर भएको छ ।
पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ ।
एक लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१ ०८:५३