काठमाडौं । आज एक सूचना जारी गरी निःशुल्क कक्षा सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले आवेदन आह्वान गरेको छ ।
निःशुल्क कक्षा सञ्चालनका लागि महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको हो ।
जारी सूचनामा भनिएको छ महानगरपालिकाभित्रका स्थायी बसोबास भएकाहरूका लागि निःशुल्क लोकसेवाको तयारी कक्षा सञ्चालन गरिने जनाइएको छ ।
महानगरपालिकाले इच्छुक उम्मेदवारलाई नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरपालिकाको सामाजिक विकास विभागमा आवेदन पेस गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१ १०:२६