काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा १ लाख ३९ हजार ३ सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार ६ सय ५० मा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार २ सय निर्धारण भएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१ १२:२७