काठमाडौँ । अन्डर १९ बक्सिङ प्रतियोगितामा गोल्ड मेडल, सन् २०२३ मा थाइल्याण्डमा भएको एएसबीसी अन्डर 22 एसियन बक्सिङ प्रतियोगितामा सिल्भर मेडल, पोल्यान्डमा भएको अन्डर १९ वर्ल्ड च्याम्पियनसिप प्रतियोगितामा छैठौं पोजिसनमा पर्न सफल र अन्य थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरी नेपाल र नेपालीको नाम विश्वभरि राख्न सफल भएकी सुष्मा तामाङले १५ वर्षको कलिलै उमेरदेखि आफूले असाध्यै श्रद्धा, विश्वास र सम्मान गर्ने बक्सिङ प्रशिक्षक नेपाल बक्सिङ महासङ्घका केन्द्रीय सदस्य र नक्साल बक्सिङ क्लबका अध्यक्ष नवीन टण्डुकारसँग प्रशिक्षण लिएकी हुन्।
बक्सिङ खेलमा समर्पित भई कडा मेहनत गरी आफ्नो क्षमता नेपालमा मात्र होइन विश्वभरि नै देखाउन सफल भएकी सुष्मा यसपालि पनि थाइल्याण्डमा हुने ओलम्पिक क्वालिफाइड प्रतियोगितामा भाग लिनका लागि निकै उत्सुक थिइन्।
उक्त प्रतियोगितामा भाग लिन सुष्मा आउन लागेको थाहा पाएर एसियन बक्सिङ फेडरेसनले पनि गौरवान्वित महसुस गरी उनको फोटो सार्वजनिक गरेको थियो। तर सामान्य इन्जरीको कारण देखाएर नेपाल बक्सिङ महासङ्घले सुष्मालाई प्रतियोगितामा भाग लिन नपठाउने निर्णय गर्यो।
विगतमा सामान्य इन्जर्ड हुँदा एसियन खेलमा भाग लिएर मेडल ल्याएको सम्झदै सुष्माले आफूलाई थाइल्याण्ड नपठाउनुको खास कारण सोध्दा भने महासङ्घका पदाधिकारीले आर्थिक अभाव नै कारण भएको बताएपछि सुष्माले आफ्नो सानै उमेरदेखि ओलम्पिक क्वालिफाइड प्रतियोगितामा भाग लिने सपना भएकोले आफ्नो खर्च आफै गरेर जान्छु भन्दा पनि उनलाई प्रतियोगितामा भाग लिने मौका दिइएन ।
यदि सुषमालाई नेपाल बक्सिङ महासङ्घका पदाधिकारीले भने जस्तै आर्थिक अभावले नै प्रतियोगितामा भाग लिन जान थाइल्याण्ड नपठाइएको हो भने सुष्माले आफ्नो खर्च आफै गर्छु भन्दा किन प्रतियोगितामा भाग लिनका लागि जान दिइएनरु सुस्माको मनलाई यो प्रश्न अनुत्तरित भएर अहिले पनि सताइरहेको छ्र सुषमालाई ओलम्पिक क्वालिफाइड प्रतियोगितामा भाग लिन नपठाई अन्याय गरेको भन्दै सुस्माको शुभचिन्तक र सुष्माले आफ्नो कर्मपिता भनी मनैबाट श्रद्धा गर्ने उनको प्रशिक्षक नवीन तण्डुकारले ठुलै आवाज उठाए तर उनको आवाजको सुनवाई भएन ।
सुषमालाई मात्र होइन बक्सिङ खेलमा सम्भावना भएकी अर्की खेलाडी स्वस्तिका तिरुवालाई पनि अन्य प्रतियोगितामा भाग लिन जाने क्रममा आधिकारिक व्यक्तिहरूले बक्सिङ खेल्दा खेल्दै रिङबाट थुतेर अपमानजनक व्यवहार गरेको स्वस्तिका बताउँछिन्।
सुष्मा तामाङ जस्तो क्षमतावान खेलाडीलाई प्रतियोगितामा भाग लिन नपठाउनुको मुख्य कारण सोध्दा उनको मुख्य प्रशिक्षक अनविज्ञ रहेको बताउँछन्। भने अन्य प्रशिक्षकहरू पनि सुष्मा धेरै राम्रो खेलाडी भएको र उनले ओलम्पिक क्वालिफाइड प्रतियोगितामा भाग लिन पाएको भए राम्रो र उत्कृष्ट नतिजा ल्याउने बताउँछन्।
अहिले मिसन २०२६ को लागि क्लोज क्याम्पमा बसिरहेकी सुष्मालाई पोखरामा हुन लागेको बक्सिङ प्रतियोगितामा भाग लिन पठाउने योजना नेपाल बक्सिङ महासङ्घको रहेको तर सुष्माले अन्तर्राष्ट्रिय खेलमा इन्जर्ड भएको भन्दै भाग लिन नपठाउनेहरूले अहिले पोखरा पठाउन लाग्दा मलाई किन इन्जर्ड नदेखेको भनेर नेपाल बक्सिङ महासंघलाई प्रश्न गर्दै आफू पोखरा नजाने बताइन् ।
सुषमालाई ओलम्पिक क्वालिफाइड प्रतियोगितामा भाग लिन नपठाउनुको कारण खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई सोध्दा नेपाल बक्सिङ महासङ्घले निर्णय गरेकोले आफूले केही गर्न नसक्ने भनेर बताएको सुष्माको मुख्य प्रशिक्षक ओम मास्के बताउँछन्।
यसरी सुष्मा जस्तो क्षमतावान र भविष्यमा नेपाललाई विश्वभरि चिनाउन सक्ने हैसियत भएको बक्सिङ खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसरबाट वञ्चित गर्नु खेल क्षेत्र लगायत सम्पूर्ण नेपालीका लागि ठूलै अपमान भएको महसुस अहिले चौतर्फी रुपमा हुन थालेको छ।
अनि याे पनि :
प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१ १२:०१