भैरहवा । रुपन्देही । चार–पाँच दिनदेखि बढेको अत्यधिक तापक्रमले भैरहवा तथा यस आसपासको जनजीवन अस्तव्यस्त भएको छ।
वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किन समेत समस्या उत्पन्न भएको छ। अत्यधिकगर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।
गर्मीका कारण विद्यार्थीहरुलाई विद्यालय आउनै कठिनाई भइ रहेको छ । विद्यालय आउने विद्यार्थीहरु पनि विरामी भइरहेको कोटिहवा माध्यमिक विद्यालयका प्रअ वेदनारायण भट्टराईले वताए ।
गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूलजुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालय सहितबजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ।
स्थानियबासिन्दाहरुको भनाई अनुसार बिगतको बर्षहरु भन्दा यस बर्ष बढी गर्मी बढेको हो । गर्मीले मानिस मात्र हैनन् पशुपंक्षीहरु समेत प्रभावित भएका छन् । बजार सुनसान रहेको छ । व्यपार घटेको स्थानिय कृष्णप्रसाद घिमिरेले वताए ।
अहिले अत्याधिक गर्मीका कारण बच्चाहरुको मुख सुक्ने, पानीको कमिहुने लगायतको समस्या देखिएको कारण उनीहरुलाई प्रयाप्त झोलिलो पदार्थ खान दिनचिकित्सकले सुझाव दिएका छन् ।
तातो हावा, प्रचण्ड गर्मी र आगोलागीबाट वातावरणमा परेको असरको कारण जनजीवन प्रभावित बने पछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारी लगायतले वर्षाको कामना गरिरहेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १८:०३