काठमाडौ । उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा ३ महिना लाग्ने भएको छ।
स्थानीय तह र संघका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजलसम्म ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
आयोजना स्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको पनि समितिले जनाएको छ।
अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८ १९:०५