
दिल शिविर हुन्थो भने
प्रेमको युद्धमा घाइते
दिलको शल्यक्रियामा
प्रेमी नै चिकित्सक
अनि प्रेम नै औषधि हो प्रिय ।
ए प्रिय !!
जिन्दगी भार सम्झेर बोक्न कतै नखोज
याैवनलाई स्वार्थको करुवाले पिउन नखोज
उन्मुक्त छ चंगा जस्तै चंगाको ककिको धागो
छोडदै गयो उडदै जान्छ जहाँ सम्म उ पुग्न सक्छ
प्रेमलाई छाती भित्र मुसारेर मन भित्रको गहिराइमा
चुपचाप मौन भएर समर्पणले छोपेर राख्दा
स्वार्थको तराजुमा मापन गरि
मायाको मुल्य तोक्न नखोज
हिजो पनि तिमी जिउँदो थियौं
आज पनि जीउँदै छौ
तर
जिउँदो जस्तो कतै नहोस् तिम्रो जीवन ।
हावा न हुँ म
तिमी हुँदै बहन्छु
छोएर तिमीलाई फर्किन्छु
बस् महशुस न हो प्रेम
पानी न हुँ म
निथ्रुक्क हुने गरि भिजाउछु
र निचोरिन्छु र बहन्छु माटोमा
बस् एहसास न हो माया।
तिम्रो र मेरो भन्नू के रै छ र ???
तिम्रो हुन
तिम्लाई छुन
यो समाजले
हाम्रो संस्कृतिको नाममा
सम्बन्धलाई जोड्न
नाम दिने एक चिम्टी सिन्दुरको धर्को न हो ।
रातो सिन्दुर टलक्क टल्कनु
कतै तिम्रो हुनु
मान्दिन म
थाहा छ किन ?
उनी
जस्लाई तिमीले सिन्दुरको धर्कोले मेरो भनेर जोडेको छौं
के उ तिम्रो हुन सकि त ?
मन हो सर्वेसर्वा
तिमी हुनु
तिमी नहुनु
केही फरक पर्दैन
तनको स्पर्ष त विष हो
मनको स्पर्षले कहिले मेरो र तेरो भन्दैन ।
त्यसैले प्रिय तिमी हुनु र नहुनुले फरक पर्दैन ।
प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१ १०:१४