काठमाडौ । विभिन्न देशबाट नियमित र चार्टर उडानमार्फत् आज १२ सयभन्दा धेरै नेपाली स्वदेश फर्कदैछन्। युएई, ओमान, बंगलादेश, मलेशिया र कतारबाट गरी १ हजार २ सय ६६ जना आउन लागेका नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ।
युएईको दुबईबाट नेपाल एअरलाइन्सले २ सय ६५ जना यात्रु लिएर नेपाल आएको छ भने आवुधावीबाट हिमालय एअरलाइन्सले १ सय ४८ जना नेपाली ल्याएर स्वदेश फर्किएको छ ।
यसैगरी, बंगलादेशको ढाकाबाट हिमालय एयरलायन्सको उडानबाट ४० जना आउने छन् । मलेशियाबाट मालिन्दो यएरमार्फत् १ सय ७१ र कतारबाट नेपाल एयरलायन्सको उडानबाट १ सय ५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।
यस्तै, सलाम एयरको छैठौं चार्टर उडानमार्फत् ओमानबाट १ सय ७४ जना नेपाली आज स्वदेश आएका छन्। कोभिड-१९ को संकटका कारण असहज परिस्थितिमा रहेका १ सय ३३ पुरूष र ४१ जना महिलालाई लिएर सलाम एयरको ओ भी फोर टू सेभेन विमान उडेको मस्कटस्थित नेपाली राजदुतावासले जनाएको छ।
राजदुतावासका अनुसार आज नेपाल फर्किएका सबै नेपाली तथा उडानका चालक दलका सदस्यहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७ १५:१६