काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ ।
आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर हजार १ सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।
आज ३ सय १३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६ सय ७९ कित्ता शेयर ८४ हजार १ सय २६ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० बराबरको कारोबार भएको छ ।
आज वित्त समूह ० दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह ० दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ३ दशमलव ४३ प्रतिशतले बढेको छ।
बैंकिङ ० दशमलव ४८, होटल तथा पर्यटन १ दशमलव ७५, जलविद्युत् ० दशमलव २२, लगानी १ दशमलव ८९ र जीवन बीमा १ दशमलव ९७ प्रतिशतले बढेको छ ।
त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड ० दशमलव २४, निर्जीवन बीमा ० दशमलव ५८, व्यापार ० दशमलव ४८ र व्यापार समूह ० दशमलव १५ प्रतिशतले बढेको छ ।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ४ दशमलव ७५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ३० करोड ९ लाख ४ हजार ६ सय ९४ बराबरको कारोबार भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख १ हजार २ सय कित्ता शेयर किनबेच भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८१ १६:२८