खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाले साना तथा ठूला खोला नदीमा बर्षात्का कारण पानी बढेपछि उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
नदी किनारमा बसोबास गर्ने, ज्याला मजदुरी गर्ने नागरिकलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
खोला, नदी बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकैको प्रहरीलाई खवर गर्न प्रुमख जिल्ला अधिकारी ध्रवबहादुर खड्काले अनुरोध गर्नु भएको छ ।
भारी बर्षा भएका कारण खोला नदीमा पानीको बहाब घट्ने र बढ्ने भइरहेको उनले बताए । विशेष गरी मकालु, चिचिला, सिलिचोङ र भोटखोला गाउँपालिकाका बासिन्दालाई चनाखो भएर बस्न आग्रह गरिएको छ ।
अरुण नदीमा बाढी आएपछि निर्माणाधिन अरुण तेश्रो आयोजनामा बाँध माथिबाट पानी बग्न सुरु गरेको छ । बाधनिर्माण स्थलमा रहेको अरुण नदी माथिको पक्कि पुल खतरामा परेको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८१ १३:४७