श्रीलङ्कामा यो वर्ष हालसम्म ३० हजारभन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडिसियु) ले जनाएको छ।
नडिसियुले यस वर्षको सुरुदेखि ३० हजार ५७ घटना रिपोर्ट गरिएको बताएको छ । तीमध्ये जुलाईमा १ हजार ८ सय १८ केसहरू रिपोर्ट गरिएको थियो। यसमा १२ जनाको मृत्यु भएको छ ।
पश्चिमी प्रान्तमा कूल केसमध्ये ३८ दशमलव ८ प्रतिशत र उत्तरी प्रान्तमा १५ दशमलव १ प्रतिशत, मध्य प्रान्तमा ९ दशमलव ५ प्रतिशत र सबरागामुवा प्रान्त १० दशमलव २ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८१ २२:०७