काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ आलापोटमा सीपमूलक सिलाई तालिमवाट दीक्षितहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । सीटीभीटीव्दारा सम्बन्धन प्राप्त संस्था नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कर सर्भिसेजले शुक्रवार आलापोटमा सीपमूलक सिलाई तालिमवाट दीक्षितहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।
नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कर सर्भिसेजका संस्थापक अध्यक्ष तथा महाप्रवन्धक विष्णुमान श्रेष्ठको सभापतित्वमा भएको प्रमाण पत्र वितरण कार्यक्रममा ३२ जना महिला दिदीबहिनीहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्य भएको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर २ का लोकप्रिय तथा जनप्रिय वडा सरकार प्रमुख यानी वडा अध्यक्ष सुरज खड्काले सीपमूलक सिलाई प्रशिक्षणवाट दीक्षितहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
प्रमाण पत्र वितरण गर्दै अध्यक्ष खड्काले सीपमूलक तालिम प्रदान गरेर आलापोटवासी महिला दिदीबहिनीहरुलाई सिपवान बनाएर रोजगार वनाउन नेपाल बन्धन सेक्युरिटी एण्ड वर्कर सर्भिसेजले प्रशंशनीय कार्य गरेको बताए । कार्यक्रममा सीटीभीटीका प्रशिक्षक चाँदनी घिमिरे तथा तालिम संयोजक बालकृष्ण श्रेष्ठ र सिलाई तालिम प्रशिक्षक शान्ता बिकले पनि तालिमको आवश्यकता तथा महत्वको वारेमा प्रकाश पारेका थिए । सिलाई तालिम लिएका ३२ जना महिला दिदीबहिनीहरुले आफूलाई स्वरोजगार वनाउन यस तालिमले अत्यन्त सहयोग गरेको बताए । उनीहरुले यसप्रकारको तालिमले आफूहरुलाई आत्मनिर्भर बनाएको समेत प्रतिक्रिया दिएका छन् ।
प्रकाशन मिति–२०८१ असार ४ गते शुक्रवार ।
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ २२:५०