काठमाडौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ।
सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीस्थित सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि १ लाख ७५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको छ।
रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा बेलहिया माध्यामिक विद्यालयको प्राङगणमा सम्पन्न एक कार्यक्रमकाबीच बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई १ लाख ७५ हजार रकमको चेक हस्तान्तरण गरेको हो।
उक्त कार्यक्रम रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यको अध्यक्षता तथा सचिव साजन जंग राणाको संचालनमा सम्पन्न भएको थियो।
बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, Connect IPS, QR Code लगायतका विद्युतीय बैंकिङ्ग सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफू बाँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ १६:३९