चितवन । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्डमा बितेका ८ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् ।
पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३/७४ मा ५ वटा, २०७४/७५ मा ४ वटा, २०७५/७६ मा ४ वटा सवारीसाधन बेपत्ता भएका हुन्।
आव २०७६/७७ मा एउटा, २०७७/७८ मा एउटा, २०७९/८० मा एउटा र २०८०/८१ मा ५ वटा सवारीसाधन बेपत्ता भएका हुन्। बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/७४ मा १४, २०७८/७९ मा ४ र २०८०/८१ मा ३७ जना बेपत्ता भएका हुन्।
उक्त अवधिमा सो सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/७४ देखि आव २०८०/८१ सम्ममा ४० ट्रक, ९ बस, १२ कार, ३ मोटरसाइकल र २ वटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०८:२२