काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त एवं प्रभावकारी बनाउन निर्देशन दिएको छ।
कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) का गतिविधि बारे सम्बद्ध पदाधिकारीसँग जानकारी लिँदै उनले त्यस्तो निर्देशन दिएको सिसिएमसीले जनाएको छ।
बैठकमा मन्त्रिपरिषद्का सदस्य तथा मुख्यसचिव शङ्करदास वैरागी लगायत उच्चअधिकारी उपस्थित थियो।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ २०:५७