खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो।
पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा-३ बाइटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए ।
पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन्।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ ०८:५९