काठमाडौ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएको छ ।
समसामयिक राजनीति बारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाएको हो ।
अध्यक्ष बिजुक्छेले भने, “सबै काम अदालतले गर्ने भए संसद्को के काम ?, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरित, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन।”
नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको जनाउँदै अध्यक्ष बिजुक्छेले अदालतले फलानालाई प्रधानमन्त्री बनाउनू भनेर भन्नै नमिल्ने तर्क राखेका हुन् ।
अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरीत हो भन्दै अध्यक्ष बिजुक्छेले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबण्डाको परिणाम अहिले देशले भोगेको विचार राखेका छन् ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ २१:०९