काठमाडौ । क्यानडाको क्यालगरी,एबीस्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेश्रो वर्षमा प्रवेश गरेको छ।
निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्टले क्यानडामा स्थापनाको तेश्रो वर्ष प्रवेश गरेको हो ।
देश वाहिर नेपाली मौलिक परिकार प्रवर्द्धन गर्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई आमा नेप्लिज कुजिनले निरन्तरता दिँदै विदेशी भुमिमा नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउनका साथै नेपालीपन र अपनत्व जोगाउन भूमिका खेलेको छ । जहाँ पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिन्छ ।
पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२, मोरङमा जन्मिएर क्यानडालाई आफ्नो कर्मभूमि बनाएका आमा नेप्लिज कुजिनका संस्थापक अध्यक्ष शर्मा विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि नेपाली खाना र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रहेका छन्।
घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे। युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।
ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्स, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन। सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन।
हाल उनी जिवन संगिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन्।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ ०७:३५